खाेज्नुहाेस

२१ हजार नगद सहित डडेल्धुराबाट ११ जुवाडे पक्राउ

Image

डडेल्धुरा – डडेल्धुराबाट २१ हजार नदग सहित ११ जना जुवाडे पक्राउ परेका छन । गएराति अमरगढी नगरपालिका–१ मौरोडास्थित धर्मराज जोशी घरबाट जुवाडे पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिएका छन ।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका–१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन् ।

त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन् ।

उनीहरूको साथबाट २१ हजार ३ सय ७९, दुई गड्डी तास, रातो बुट्टेदार बिछौना १ थान समेत बरामद गरिएको छ ।

maya metro hospital