अछामबाट १६ जुवाडे पक्राउ 

अछाम – अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र बिनायकबाट पक्राउ परेका हुन् । जुवाको खालबाट नगद ८६ हजार ८९० रुपैयाँ पनि बरामद गरिएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार मंगलसेन नगरपालिका-९ बस्ने कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार राति १ बजे ७ जनालाई नियत्रणमा लिइएको थियो । उनीहरुबाट नगद ५० हजार ७९० रुपैयाँ बरामद गरिएको हो ।

joshi vada pasal 2

पक्राउ पर्नेहरुमा घरधनी रावल सहित स्थानीय राजेन्द्र रावल, हिक्मत रावल, कमान सिंह ओड, प्रकाश रावल, केशर रावल र एकराज रावल रहेका छन् । यसैगरी अछामकै पञ्चदेवल बिनायक नगरपालिका-३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३६ हजार एक सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

कागतोलामा पक्राउ पर्नेहरुमा घरधनी शाही सहित कृष्णभक्त जैसी, रमेश शाही, पदम आउजी, शेरबहादुर आउजी, खकेन्द्र तिमिल्सिना, कृष्ण बुढा, हेमन्त शाही र तुलबहादुर बुढा रहेका छन् ।

ओलीगाउँमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मंगलसेन ल्याएको छ भने ९ जनालाई इलाका प्रहरी कार्यालय बिनायकमा राखिएको प्रहरी नायब उपरीक्षक पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.