फुल खेतीमा भविष्य खोज्दै कृष्णपुरका विष्णु

अत्तरिया – कृषिमा स्नातक गरिरहेका विष्णु बिक फुल खेतीमा भविष्य खोज्दै छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ गजरैलाका विष्णु फुल खेतीमा भविष्य खोजिरहेका हुन । तिहार लक्षित गरेर २ बिगाहामा सयपत्री फुल खेती गरेका विष्णुले गत वर्ष देखि फुल खेती गर्न थालेका हुन । आइएससी एजी गरेर शिक्षण पेशा अँगालेका उनले हाल भने शिक्षण पेशा छोडेर कृषिमा स्नातक पढ्दै फुल खेतीमा लागेका छन् ।

maya metro hospital

‘आइएससी एजी गरेर लोक सेवा तयारी गर्न काठमाडौं गएको थिए । खाली समयमा मैले केही काम गर्नुपर्छ भनेर काठमाडौं मै फुल पसलमा काम गर्न सुरु गरेको थिए । फुल पसलमा काम गर्दा आफूले आइएससी एजीमा पढेका फुल बिक्री गर्नु पर्ने थियो’ उनले भने ‘त्यतिबेला मेरो मनमा फुलको बारेमा त मैले अध्ययन गरेको छु । यी फुल त म पनि उत्पादन गर्न सक्छु भन्ने सोच आएको थियो ।’ काठमाण्डौबाट फर्किएर फुल खेती गर्ने योजना बनाएपनि विष्णुले आर्थिक अभावका कारण फुल खेती गर्न सकेनन् ।

joshi vada pasal 2

‘फुल खेती गरेर मात्रै पनि राम्रो आम्दानी गर्न सकिने योजना बनाएर म काठमाण्डौबाट फर्किएर खेती गर्ने योजना बनाएको थिए । तर, तत्काल लगानी अभावका कारण काम गर्न नसकेपनि गर्त वर्ष देखि शिक्षण पेशा छोडेर पूर्व योजना अनुसार फुल खेती गरिरहेको छु’ उनले भने ‘काठमाण्डौमा काम गर्दै गर्दा मैले फुलको बजारीकरण र त्यसको प्रयोगको बारेमा जानकारी लिने मौका पाएकाले मलाई बजारको चिन्ता छैन ।’ उनले गर्त वर्ष २ कठ्ठाबाट सुर गरिएको फुल खेतीको अनुभवलाई विस्तार गर्दै यस वर्ष १ बिगाहा जग्गामा विस्तार गरेको बताए ।

उनले भने ‘गत वर्ष फुलको बजारमा राम्रो माग देखेर मैले यस वर्ष १ बिगाहा जग्गा भाडामा लिएर फुल खेती गरेको छु ।’ उनले गत वर्ष २५ हजार लगानी गर्दा ७५ हजार सम्मको फुल उत्पादन भएको बताए । लगानी कटाएर गत वर्ष २० हजार जति नाफा भएको उनले बताए । ‘बजारमा फुल खेतीको माग धेरै भएर गत वर्ष मैले काठमाण्डौबाट पनि फुल मगाएर बिक्री गरेको थिए । गत वर्षको अनुभवको आधारमा यस वर्ष मैले फुल खेती विस्तार गरेको हुँ’ उनले भने ‘यस वर्ष अढाइ लाख रुपैयाँ फुल खेतीमा लगानी गरेको छु ।’

दशैँमा पनि केही फुल बिक्री गरेका उनले तिहारमा फुलको उच्च माग रहेको बताए । उनले यस वर्ष ९ देखि १० क्युन्टलको हाराहारीमा फुलको उत्पादन हुने अपेक्षा लिएको बताए । फुल बिक्रीका लागि उनले मार्केटिङ योजना पनि बनाएको बताए । ‘१ देखि १० केजी किन्नेका लागि ५ सय प्रति केजी, १० देखि २० केजी किन्नेका लागि ४ सय प्रति केजी र २० भन्दा माथि किन्नेका लागि प्रति केजी ३५० रुपैयाँ तोकेका छौ’ उनले भने ‘बजारीकरणका लागि अहिले आडर बुझ्ने काम गरिरहेको छु । बजारको मागको हेर्दा फुल बिक्री हुनेमा म ढुक्क छु ।’ उनले फुलको मुख्य बजार धनगढी बजार रहेको बताए । उनले पछिल्लो समय स्थानीय तहहरुले पनि बजारमा प्लास्टिकका फुल बिक्री वितरण रोक लगाइरहेकाले फुल खेतीको माग बढ्ने अपेक्षा रहेको बताए ।

व्यवसायीक फुल खेतीमा भविष्य खोजिरहेका विष्णुले सिटी कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यवसाय गरिरहेका छन । उनले फर्ममा हाल एक जना जेटिएलाई रोजगार पनि दिएका छन । उनले आगामी दिनमा तिहारमा मात्रै फुल खेती नगरेर वर्षभरी फुल खेतीलाई निरन्तरता दिने बताए । उनले वर्षभरी फुल खेती गरेर बजारीकरण गर्ने योजना रहेको बताए ।

धान, गहुँ लगायतका बाली र तरकारीको खेती हुने सो क्षेत्रमा व्यवसायीक फुल खेती गर्ने विष्णु पहिलो व्यक्ति हुने । उनले सुरुमा गाउँलेले फुल खेती गरेर पनि आम्दानी गर्न सकिन्छ भन्ने कुरामा विश्वास नगर्ने गरेकोमा हाल धेरै मानिस फुल खेती हेर्न आउने गरेको बताए । स्थानीय गोपाल सिह पुजाराले गाउँमा पहिलो पटक आफूले फुल खेती देखेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.