डडेल्धुरामा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

अत्तरिया- डडेल्धुरामा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले शुक्रवार सूचना जारी गर्दै राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने जनाएको हो ।

Karma Consultancy

त्यस्तै, पटाका, अतिशवाजी जस्ता विस्फोटक पदार्थ ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ । वातावरणलाई असर पार्ने कृत्रिम फूलमाला प्रयोग नगर्न, जुवा, तास र खडगडे जस्ता क्रियाकलाप नगर्न गराउन पनि सूचनामार्फत भनिएको छ ।

citizen security services

पर्वलाई मर्यादित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.