अछाममा युवकको हत्या गरी फरार भएकी युवती पक्राउ

अत्तरिया – अछाममा युवकको हत्या गरी फरार भएकी युवती काठमाण्डौंबाट पक्राउ परेकी छिन् ।

Karma Consultancy
belauri nagarpalika

कार्तिक २२ गते अछामको पञ्चदेवल विनायक नगरपालिका – ८ का १८ बर्षिय दिपेन्द्र बहादुर शाहीको हत्या आरोप लागेकी स्थानीय ३० बर्षिय लक्ष्मी सुनार बुधबार काठमाण्डौंबाट पक्राउ परेकी हुन् ।

citizen security services

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंको माछापोखरीबाट पक्राउ गरेको थियो ।

attariya hospital

पक्राउ परेकी सुनारलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.