खाेज्नुहाेस

अछामबाट लागूऔषध सहित दुई युवक प्रकाउ

Image
navjiwan hospital

अछाम – अछामको कमलबजारबाट लागूऔषध सहित दुई युवक प्रकाउ परेका छन । बुधबार लागूऔषध सहित मंगलसेन नगरपालिका – ३ का २१ बर्षिय नरेश विक र सोहि ठाउँका २३ बर्षिय डम्मर साउद पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय कमलवजार अछामबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागू औषध ट्यावलेट फेला पारेको थियो । पक्राउ परेपछि दुवैजनाको स्वास्थ्य परिक्षण गर्दा लागुऔषध पोजेटिभ भेटिएको इलाका प्रहरी कार्यलय कमलबजारले जानकारी दिएको छ ।

attariya hospital