
अछामः अछाममा भालुको आक्रामणबाट एक बालिका घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलाकुमारी बुढा घाइते भएकी हुन् ।
जंगलमा घाँस काट्ने क्रममा आइतवार भालुले आक्रमण गरी उनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ ।



















