
अछाम – अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । बुधबार पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको अरिङ्गालको टोकाइबाट मृत्य भएको हो ।
अरिङ्गालको टोकाइबाट सोहि ठाउँकी १८ वर्षीया राधा जैशी घाइते भएकी छन् ।
अरिङ्गालको टोकाइबाट शमिर जैशी पनि घाइते भएकोमा बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । शमिरको घरमै मृत्यु भएको हो ।



















