खाेज्नुहाेस

चुरेमा निर्माण गरिएको कोल्ड च्याम्बरको उद्घाटन

Image

अत्तरिया – कैलालीको चुरे गाउँपालिका – ३ मा निर्माण गरिएको कोल्ड च्याम्बरको उद्घाटन गरिएको छ । भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम अन्तरगतको कृषि बिकास निर्देशनालय डोटिले निर्माण गरेको कोल्ड च्याम्बरको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीको सभापतित्वमा आयोजित च्याम्बर उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका कृषि विकास मन्त्री रामेश्वर चौधरी रहेका थिए भने विशिष्ठ अतिथिमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटी रहेका थिए । चुरेलाई तरकारी तथा फलफुल को पकेट क्षेत्रका रुपमा लिने गरिएको छ । त्यहाँ उत्पादन हुने तरकारी तथा फलफुलहरुले सिजनअनुसारको मात्रै मुल्य पाउने गरेका छन । सिजन अनुसारको व्यापार गर्दै आएका किसानहरुलाई च्याम्बर बन्दा सहज हुने भएको छ ।

attariya hospital

उत्पादन भएका कृषिजन्य वस्तुहरुलाई च्याम्बरमा भण्डारण गर्न सकिने गाउँपालिका अध्यक्ष चक्र बोगटीले बताए । उनले आगामी दिनहरुमा चुरे क्षेत्रका किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु सडेर जाने समस्या पनि समाधान भएको बताए । च्याम्बर निर्माण हुँदा किसानहरुले उत्पादीत वस्तुको उचित मुल्य पाउने उनले विश्वास व्यक्त गरे ।

navjiwan hospital

उनले च्याम्बर निर्माण स्थलमा एउटा हाट बजार राख्ने तयारी रहेको समेत बताए । उनका अनुसार च्याम्बर निर्माण गरिएपनि च्याम्बरमा विजुली, ट्वाईलेट, गार्ड हाउस, पर्खाल लगायतका संरचनाहरु अझै निर्माण गर्न बाँकी छन । अध्यक्ष बोगटीले च्याम्बरमा विजुली जडानका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेपनि अन्य संरचनाहरु निर्माणका लागि भने प्रदेश सरकारसँग समन्वय गरिने बताए । उनले च्याम्बरलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा भने कार्यविधि निर्माण गरिने बताए ।

कृषि विकास निर्देशनालयले ५१ लाख १६ हजार २८४ रुपैयामा उक्त च्याम्बर निर्माणको सम्झौता गरेको थियो । धनगढीको चन्द्र विकास यज्ञलक्ष्मी निर्माण सेवासँग २०७८ वैशाखमा निर्माणका लागि सम्झौता गरिएको कृषि विकास निर्देशनालयका कृषि इन्जिनियर कोष राज बडुले जानकारी दिए । उनले निर्माणका लागि सुरुवाती चरणमा ९० दिनको समयावधी तोकिएपनि कोरोना महामारीका कारण म्याद थपिएको बताए ।

२०७८ चैत मसान्त सम्मको म्याद थपिएपनि निर्माण कम्पनिले भने २०७९ भाद्र १५ मा निर्माण कार्य सम्पन्न गरेको थियो । ३ कोठाको उक्त च्याम्बरमा ४ वटा ३.५ किलोवाटका र एउटा ७ किलोवाटको मेसिन जडान गरिएका छन । उक्त चेम्बरका २ वटा कोठाको क्षमता १०÷१० टन र एउटाको २.५ टन रहेको कृषि विकास निर्देशनालयका इन्जिनियर बडुले जानकारी दिए ।

२०७९ भाद्रमा निर्माण कार्य सम्पन्न भैसक्दा पनि आर्थिक अभावका कारण उक्त चेम्बर पालिकालाई हस्तान्तरण हुन सकेको थिएन । ठेकेदार कम्पनिले काम गरेको रकम ढिलो पाउँदा उद्घाटन र हस्तान्तरणमा ढिलाई भएको बताईएको छ ।