अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बिच संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष विक्रम विश्वकर्माको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद रहेका थिए भने विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंक सुदूरपश्चिम प्रमुख दिनेश गेलाल रहेका थिए ।


२०७३ साल पौषमा ३३ जना शेयरसदस्यहरुको ५ लाख ४० हजार शेयरपुँजीबाट सुरु भएको संस्थाले हाल ७२ लाख १२ हजार ३ सय रुपैया शेयरपुँजी पु¥याएको छ । संस्थामा हाल ९१७ जना शेयरसदस्य रहेका छन । संस्थाले हालसम्म २८० जना शेयरसदस्यलाई कर्जा लगानी गरेको संस्थाकी प्रबन्धक सक्रान्ती भट्टले बताईन । उनका अनुसार गत आर्थिक वर्षमा मात्रै संस्थाले १७८ जनालाई कर्जा लगानी गरेको थियो ।
संस्थाले आर्थिक वर्ष २०७९÷८० सम्म ५ करोड ६४ लाख ४८ हजार ४१० रुपैया बराबरको आर्थिक कारोबार गरेको छ । जसबाट संस्थाले २४ लाख १६ हजार ८९२ रुपैया खुद मुनाफा आर्जन गरेको प्रबन्धक भट्टले बताईन । साधारण सभामा संस्थाले सहकारीको वृद्धि विकासका लागि सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो । त्यसका साथै ३ जना शेयरसदस्यहरुलाई सुत्केरी प्रोत्साहन भत्तावाफत रु. १ हजारका दरले तथा मृत्यु भएका शेयरसदस्यको परिवारलाई किरिया खर्चवाफत रु. ५ हजार रुपैया भुक्तानी गरेको उनले बताईन ।
उनले आगामी वर्षहरुमा पनि उक्त योजनाहरुलाई निरन्तरता दिईने बताईन । यसका साथै आगामी वर्षहरुमा संस्थाले +२ मा उत्कृष्ट अंक ल्याउने शेयरसदस्यका छोराछोरीहरुलाई ‘उत्कृष्ट शैक्षिक पुरस्कार’ योजना अन्तरगत सम्मान पत्र सहित रु. २ हजार ५ सय नगद दिई सम्मानित गरिने उनले बताईन । साधारण सभामा संस्थाका शेयरसदस्यका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।



















