अत्तरिया – गोदावरी होटल व्यवसायी संघको अध्यक्षमा लक्ष्मण धामी चयन भएका छन । शनिबार सम्पन्न भएको संघको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट धामी अध्यक्षमा चयन भएका हुन । धामी अत्तरियमा रहेको नमस्ते होटलका संचालक हुन । उनी यसअघि समितिमा महासचिव रहेका थिए ।

यस्तै संघको उपाध्यक्षमा बिस्ना देवि बोहरा, महासचिवमा रविन्द्र खड्का, सचिवमा दिल बहादुर खत्री र कोषाध्यक्षमा लाल बहादुर धामी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा निर्मला पन्थी, सितादेवि चुनारा, तिलक ओली, अमिन सिंह धामी, रुपादेवि गौतम, कलक सिंह धामी, नारायण बोहरा, पवित्रा भण्डारी र डल्लु रानामगर चयन भएका छन् ।
सम्बन्धित समाचार : गोदावरी होटल व्यवसायी संघको छैटौं साधारण सभा सम्पन्न


















