
बैतडी – बैतडीमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । मेलौली नगरपालिका – ६ पोखरीका ४२ बर्षीय शंकर पोखरेललाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
आफ्नै घर नजिकैको बारीमा खुर्सानी टिपीरहेका बेला पोखरेललाई शनिबार दिउँसो १ बजेतिर सर्पले टोकेको बताइएको छ । उनको बाँया खुट्टामा सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएका पोखरेललाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।


















