खाेज्नुहाेस

कञ्चनपुरबाट लागु औषध सहित एक युवक पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर –कञ्चनपुरको शुक्लाफाँटाबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका – ७ सिमलफाँटाबाट ६.६५ ग्राम लागु औषध खैरो हेरोइन सहित स्थानीय २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन ।

विशेष सूचनाका आधारमा शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त लागु औषध र तौल गर्ने तराजु बरामत गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

attariya hospital