खाेज्नुहाेस

कञ्चनपुरका तीन तेक्वान्दो खेलाडी सम्मानित

Image
फाईल फोटो

महेन्द्रनगर – चौथो नेपाल अफन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिपमा पदक जित्ने कञ्चनपुरका तीन खेलाडीलाई सम्मानित गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका – १८ ले शनिबार विहान कार्यालयमा कार्यक्रम गरी पदक जित्ने तीन खेलाडीलाई नगद सहित सम्मानित गरेको हो ।

navjiwan hospital

काठमाडौंमा सम्पन्न च्याम्पियनशिप प्रतियोगीतामा सहभागी सो वडाका अमन दमाई, गौरव चौधरी र उर्मिला नाथले कास्य पदक जितेका थिए । उनीहरु तीनै जना भगतपुर सालघारीका हुन् । काठमाडौंबाट घर फर्केपछि उनीहरु तीनै जनालाई वडा कार्यालयले जनही दुई हजार नगद सहित खादा र फूलमाला लगाएर सम्मान गरेको हो ।

attariya hospital

वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले सालघारीको गरीब वस्तीका तीन जनाले अन्तर्राष्ट्रिय स्तरमा भाग लिएर पदक पाउनु वडाको लागि गर्वको कुरा भएको बताए । उनले निकै गरिब र अभावमा बाँचेका खेलाडीहरुले वडा र नगरलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा आफु एकदमै प्रफुल्लीत भएको बताए । उनले खेलाडीहरुको प्रगति र सफलताको कामना समेत गरे ।