अत्तरिया – सुदूरपश्चिमका केही पहाडी जिल्लाहरुमा पुनः भुकम्पको धक्का महसुस गरिएको छ । प्रदेशका बझाङ, बैतडी लगायतका पहाडी जिल्लाहरुमा शनिबार पुनः भुकम्पको धक्का महसुस गरिएको हो ।

शनिबार बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भाटेखोला केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गत मंगलबार पनि बझाङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो ।

सो भूकम्पकले बझाङ लगायतका पहाडी जिल्लाहरुमा क्षती पु¥याएको थियो । पहाडी जिल्लाहरुमा पुनः भुकम्पको धक्का महसुस गरिएपछि नागरिकहरु त्रसित बनेका छन ।


















