खाेज्नुहाेस

अधिवेशनका लागि गोदावरीबाट एमालेका १४ प्रतिनिधि निर्वाचित, नगरका हाइ प्रोफाइल नेता पराजित

Image

अत्तरिया – नेकपा एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनमा सहभागी हुनका लागि कैलालीको गोदावरी नगरपालिकाबाट १४ प्रतिनिधि निर्वाचित भएका छन । असोज २१ र २२ गते हुने अधिवेशनका लागि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि निर्वाचित भएका हुन ।

प्रतिनिधिका लागि ३० जनाले उम्मेदवारी दिएकोमा बढी मत ल्याउने १४ जनालाई निर्वाचित गरिएको निर्वाचन अधिकृत नागेन्द्र नाथ योगीले बताएका छन । निर्वाचनमा खुल्लातर्फ हरी सिह साउँदले ४९४, गोकर्ण भट्टले ४८५, बालकृष्ण प्रसाईंले ४९१, खम्ब बुढाले ५००, गणेश जिमि साउँदले ४८८, चक्र बोहराले ४८१, नर बहादुर रोकायाले ४२८ र राम प्रसाद चौधरीले ४३२ मत ल्याउँदै विजयी भएका छन । यस्तै युवा तर्फ रबिन्द्र रोक्का मगर ४४६ ल्याएर विजयी भएका छन भने महिला तर्फ डम्मा खडकाले ४८१, बिष्णु माया बुढाले ४८६, खेमा देबी साउँदले ४९६, रत्ना कुँवर जोशीले ४८३ र गंगा कुमारी चौधरीले ४७६ मत पाएर विजयी भएका छन ।

attariya hospital
navjiwan hospital

गोदावरीमा एमालेका २ प्यानल बीच भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री समेत रहेका कृष्ण राज सुवेदी सहितका नगरका हाइप्राफाइल नेताहरु पराजित भएका छन । सुवेदी १० मत मात्रै पाउँदै पराजित हुँदा उनको प्यानलबाट निर्वाचन लडेका रामचन्द्र जोशीले १२, दामोदर रिजालले १५, टिकारामा आचार्यले १०, सन्त बहादुर कार्कीले ६, होलुवा डगौरा थारुले ७, यम प्रसाद भण्डारीले १५, महादेव भट्टले १४ र आनन्द भट्टले २६ मत मात्रै पाए ।

सुवेदी प्यानलबाटै महिला तर्फ शावित्रा घिमिरेले ३०, धर्मी खड्काले १०, कृष्ण कुमारी चौधरीले २१, इश्वरी देवी आचार्यले १६ र कालीमाया भट्टराइले ४ मत मात्रै पाएका छन । यस्तै युवा उम्मेदवार तर्फ रोकामगर ४४६ मत ल्याउदै विजयी हुँदा मान बहादुर महराले १६ र लोकेन्द्र धामीले ८ मत मात्रै पाएका छन । मंगलबार मतदान सकिनै लाग्दा प्रदेश अध्यक्ष दामोदर भन्डारीले मतगणना नगर्न सहजकर्तालाई पत्र मार्फत निर्देशन दिएपछि रोकिएको थियो ।

एमालेको सुदुरपश्चिम प्रदेश अधिवेशनका लागि सुदूरपश्चिमका ८८ वटा स्थानीय तहबाट प्रतिनिधि छनोट गरिदै छन । सुदूरपश्चिम प्रदेशमा एमालेका ५३ हजार बढी संगठित सदस्य छन् । ती सदस्यले चुनेका ६ सय बढी प्रतिनिधिले एमाले प्रदेशको आगामी नेतृत्व चयन गर्नेछन् ।