खाेज्नुहाेस

लागुऔषध विरुद्ध स्याउलेमा ५ सय पर्चा बाडियो

Image

अत्तरिया – लागुऔषध विरुद्धको महाअभियान संचालन गरिरहेको प्रहरीले स्याउलेमा ५ सय पर्चा बाडेको छ । बिहिबार इलाका प्रहरी कार्याल मालाखेतीबाट प्रहरी निरिक्षक रबिन्द्र बहादुर कठायतको कमाण्डमा खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा लागुऔषध विरुद्ध ३ सय घरमा घरदैलो गरेर ५ सय पर्चा वितरण गरेको हो ।

navjiwan hospital

प्रहरीले लागुऔषघ दुव्यसनी सम्बन्धि सचेतना जगाउन घरदैलो अभियान संचालन गरेको जनाएको छ ।

attariya hospital

इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरीमा लागु औषध विरुद्ध घरदैलो अभियान संचालन गर्दै आएको छ । लागुऔषध विरुद्धको महाअभियान २०८० अन्तरगत यसअघि प्रहरीले गोदावरी नगरपालिका – ४ बास्कोटामा अभियान संचालन गरेको थियो ।

अभियानलाई नगरभरी संचालन गरिने प्रहरीले जनाएको छ । अभियानका क्रममा प्रहरीले सचेतना मुलक कार्यक्रम गर्दै लागु औषधको दुव्र्यसनिबाट बच्ने उपायका बारेमा अभिभावक र युवाहरुलाई जानकारी दिने गरेको छ ।