कञ्चनपुर – कञ्चनपुर प्रहरीले महेन्द्रनगरका एक व्यवसायीको निजी निवासबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले महेन्द्रनगरका व्यवसायी तीर्थ भाटको गोदाम घरबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो ।

बिहीबार दिउँसो भाटको भीमदत्त नगरपालिका– ६ ऐठपुरस्थित घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको जनाएको छ । प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्षबहादुर चन्दले भारतबाट ल्याएको सामान पछ्याउँदै निवासमा पुगेपछि प्रहरी टोलीले तीन बोरा चिनी र एक बोरा मिस्रीसहित भन्सार नकाटेका अन्य सामान बरामद गरेको थियो ।

सामान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका सामान बरामद गरिएको बताए ।

















