खाेज्नुहाेस

बैतडीमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

Image

बैतडी – चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैं र तिहारको बेला यात्रुहरुलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोडपेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

navjiwan hospital

चाडपर्वको समयमा यात्रुहरुलाई पर्नसक्ने विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

attariya hospital

तोकिएको भन्दा बढी भाडा लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुहरुलाई सहजताका साथ गन्तव्यमा पु¥याउनका लागि यात्रु सहायता कक्षमार्फत काम गरिनेछ । यस्तै, प्रहरीको एक सय नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ ।

सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुईजना सुरक्षाकर्मी खटिएका छन । छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।