बझाङ भूकम्प अपडेट : ४१० भौतिक संरचनामा क्षति

धनगढी – बझाङ केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश विपद् कार्य सञ्चालन केन्द्रका अनुसार निजी घर र सरकारी भवनमा क्षति पुगेको हो । भूकम्पका कारण आएको पहिरोमा परी एका महिलाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

maya metro hospital

टिमुर टिप्न जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका –१ ओखल गाउँकी ४५ वर्षीया गुनदेवी धामीको मृत्यु भएको हो । बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको केन्द्रले जानकारी दिएको छ ।

joshi vada pasal 2

यस्तै, प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । ३०१ वटा निजी घर ३२ वटा सरकारी कार्यालयमा आंशिक क्षति पुगेको प्रादेशिक सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिए ।

भूकम्प केन्द्रबिन्दु भएको बझाङमा सबैभन्दा बढी ६४ घरमा पूर्णक्षति, २७७ घरमा आंशिक क्षति र नौ वटा सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । बाजुरामा नौवटा निजी घरमा पूर्णक्षति, १३ निजी घरमा आंशिक, एक सरकारी कार्यालयमा पूर्ण र पाँच सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

डडेलधुरामा चार निजी घरमा आंशिक क्षति, बैतडीको दुई निजी घरमा पूर्ण, तीन घरमा आंशिक र तीन सरकारी कार्यालयमा आंशिक क्षति भएको छ । दार्चुलाको एक घर र एक सरकारी कार्यालयमा आंशिक क्षति, अछामको एक घरमा पूर्ण क्षति, दुई घरमा आंशिक र पाँच सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

यस्तै, डोटीमा एक घर र आठ सरकारी कार्यालयमा आंशिक क्षति भएको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । मङ्गलबार दिउँसो ५.३ र ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.