डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु By अत्तरिया अनलाइन On आश्विन १४, २०८० ०८:३१ डडेल्धुरा – डडेल्धुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। आलिताल गाउँपालिका– ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको हो। शनिबार साँझ मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।