धनगढीबाट मुक्तिनाथ यात्रामा गएका दुई युवक बेपत्ता

धनगढी – धनगढीबाट मुक्तिनाथ यात्रामा गएका दुई युवक बेपत्ता भएका छन् ।

maya metro hospital

धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुईजना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन् ।

joshi vada pasal 2

धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरको संयोजनमा उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो । लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको असाम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका उनीहरूसँगै यात्रामा रहेका लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए ।

बिहीबार बिहान ७ः३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका बताईएको छ । पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको न्यौपानेले बताए । दुबै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.