कैलाली – कैलालीको गौरीगंगामा करिब १ सय कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । नेपाल पशु स्वास्थ प्राबिधिक संघ (नेल्टा) को प्राबिधिक सहयोग तथा गौरीगंगा नगरपालिका–६, वनबेहडाको आयोजनामा १ दिने निःशुल्क खोप लगाइएको हो ।

१७ औँ रेबिज रोगको अवसर पारेर रेबिज विरुद्धको खोप तथा विद्यालय सचेतना कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा १३ वटा सामुदायिक कुकुर तथा घरपालुवा ८५ कुकुर लाई रेबिज रोग बिरुद्धको खोप लगाइएको नेल्टाका प्रदेश सचीव हेमन्त बाजेले बताए ।

वडा अध्यक्ष टेक बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेल्टा सुदूरपश्चिम प्रदेश संयोजक लाल बहादुर बोहरा रहेक थिए ।
कार्यक्रममा संयोजक बोहाराले रेबिज रोगको ईतिहास, जैविक र संक्रमण प्रकृया, वैज्ञानिक तथ्यहरु लगायत जनस्वास्थका विभिन्न पक्षहरुका बारमा जानकारी दिएका थिए ।
दिवसको अवसरमा अमर माध्यमिक विधालय वनबेहडा र मालिका माध्यमिक विद्यालय चौमालामा शिक्षा सचेतना कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमा रेबिज रोग कुकुर, बिरालो तथा चमेरोबाट पनि सर्नै भएकाले रोग विरुद्ध खोप लगाएर मात्र नभई अन्य सुरक्षात्मक उपायहरु अवलम्बन गर्न सचेत गराईको नेल्टाका प्रदेश सचीव हेमन्त बाजेले बताए ।
कार्यक्रममा वडा सदस्य ,विभिन्न संघ संस्थाका प्रतिनिधि, कृषक लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन प्रदेश सचीव हेमन्त बाजेले गरेका थिए ।
यस बर्ष विश्व रेबिज दिवस ‘एक स्वास्थ–एक गन्तव्य’ भन्ने मुल नाराका साथ बुधबार मनाइँदैछ । रेबिज रोगले विश्वमा प्रत्येक बर्ष ६० हजार व्यक्तिको ज्यान लिने गरेको छ भने ३७ लाख अशक्त हुने गरेका छन ।