अछाम – अछामका स्वास्थ्यकर्मी आन्दोलित भएका छन । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा अछामका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन ।

जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप बुधबार प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उनीहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताए ।