डडेल्धुरा मेडिकल कलेजमा मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु गरिने

डडेल्धुरा – डडेलधुरा मेडिकल कलेजले मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु गर्ने भएको छ । स्थापना भइरहेको डडेल्धुरा मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको छ ।

maya metro hospital

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो । डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो ।

joshi vada pasal 2

त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले जानकारी दिए । अब आयोगले आउँदो कार्तिक १८ गते प्रवेश परीक्षा लिने र त्यसपछि विद्यार्थी पढाउने जानकारी प्राप्त भएको ओझाले बताए । माघदेखि कक्षा सञ्चालनको तयारी छ ।

आयोगले यसअघि डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेलधुरा मेडिकल कलेजमार्फत पाँच वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।

‘ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ’ डडेल्धुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले भने ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो । तर अहिले एउटा पाइएको छ । यो पनि उपलब्धि हो ।’

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको अमरगढी नगरपालिका–८ स्थित कीर्तिपुर नजिक ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । हाल त्यहाँ मेडिकल कलेज भवन निर्माणको बोर्ड लगाइएको छ । यस्तै डडेल्धुरा अस्पतालका नाममा १५३ रोपनी जमिन छ भने अस्पतालसँगै जोडिएको १९१ रोपनी जमिन कलेज सञ्चालन गर्न भोगाधिकार प्राप्त भएको छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

गोरखापत्र

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.