बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी – बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्ला अस्पतालमा असोज १३ गते मानसिक रोगसम्बन्धी शिविर सञ्चालन हुने भएको हो ।

Karma Consultancy

मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भैरहेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

citizen security services

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशिल बिकले जिल्लामा रहेका मानसिक समस्याका व्यक्तिहरुको सहजताका लागि शिविर सञ्चालन गर्न लागिएको बताए । शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने उनले बताए । शिविरमा मानसिक रोग बिशेषज्ञ डा.निराजन भट्टराईले सेवा दिने बताइएको छ ।

attariya hospital

निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिनेछन । जिल्ला अस्पताल बैतडीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।

भदौ १३ गते जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको मानसिक स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.