सुदूरपश्चिममा संसदीय समिति सभापतिको निर्वाचन स्थगित

धनगढी – निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको २४ घण्टा बित्न नपाउँदै सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

maya metro hospital

आइतबार मात्रै आगामी शुक्रबार (असोज १२) गतेका लागि सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएको थियो । तर सो निर्वाचनका कार्यतालिका स्थगित गरिएको हो ।

नेकपा माओवादीका प्रदेशसभा सदस्य अक्कल रावलले निर्वाचन कार्यतालिका स्थगित गरिएको सूचना आएको जानकारी दिए । तर कारण के हो खुल्न नआएको उनको भनाइ छ ।

attariya hospital

सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको थियो । कार्यतालिका अनुसार असोज ११ गते बिहीबार नै मतदाताको नामावली प्रकाशन, सभापतिका उम्मेदवारको उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता लगायतका काम पूरा गर्ने उल्लेख थियो । यस्तै गरेर असोज १२ गते शुक्रबार दिउँसो ११ बजे सभापतिको चुनाव गर्ने भनिएको थियो ।

सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरी चार वटा संसदीय समितिहरु रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने संसदीय परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.