बाजुराको माँटेसागु गाउँ भाइरल ज्वरोले थलियो

धनगढी – बाजुराको खप्तडछेडेदह गाउँपालिका– २ माँटेसागुमा भाइरल ज्वरोले गाउँनै प्रभावित बनेको छ । भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मृत्यु हुनेमा ४९ वर्षीय सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन् । बुढाको चार दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको स्थानीय दिर्घ शाहीले बताए ।

maya metro hospital

माटेसाँघु गाउँमा रहेका १ सय ६० भन्दा बढी घर परिवारको सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ । कुनै घरका सबै सदस्य र कुनै घरका एक दुई जना बिरामी परेका छन् ।

स्थानीयका अनुसार ज्वरो १ सय ३ डिग्रि माथी आउने, खोकी लाग्ने, शास फुल्ने जस्ता लक्षण देखापर्ने गरेका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए ।

attariya hospital

खप्तडछेडेदह गाउँपालिकाबाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधी सहितको टोली पठाउन लागेको चन्दले जानकारी दिए ।
स्वास्थ्य चौकी १ घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले स्वास्थ्यकर्मी टोली प्रभावित क्षेत्रमा पठाइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.