दिल्लीबाट धनगढी आएको बसबाट अवैध सामान वरामद

धनगढी – दिल्लीबाट धनगढी आएको बसबाट अवैध सामान बरामद गरिएको छ । धनगढीस्थित त्रिनगर नाकाबाट यात्रुवाहक बसमा लुकाएर राखिएको अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

शनिबार बिहान प्रहरी टोलीले ना ५ ख २८१६ नम्बरको बसलाई चेकजाँच गर्दा गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय रमेश बिकले भारतबाट अबैध रुपमा भित्र्याएका मोवाइल गाडीका पार्टहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बसभित्र अवैध रुपमा भित्र्याएका सुपर ग्लास १३० थान, स्मार्ट ग्लास ८८, सिट फोल्ट गर्ने हाइड्रोलिक १०, पुरानो कलोज पिलेट र वासर २, डिग्गीको सकेट ४, बुस वासर ६, सिट स्पिरिङ १, पेचकस १ सहित बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

attariya hospital

बस सहित उक्त सामानको मुल्य ३६ लाख ८० हजार ८ सय रहेको छ । सामान बस र मानिस सहित नियन्त्रणमा लिई भन्सार कार्यालय त्रिनगर बुझाइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.