खाेज्नुहाेस

भजनीमा बहुउद्देश्यीय विकास समाजले गरेका कार्यक्रमहरूको अनुगमन 

Image


भजनी – बहुउद्देश्यीय विकास  समाज (एमपीडीएस) डडेल्धुराद्धारा कैलालीको भजनीमा सञ्चालित बाढी पहिरोको उच्च जोखिमको पूर्व तयारी तथा प्रतिकार्य परियोजनाको अनुगमन गरिएको छ । एमपीडीएसले परियोजना अन्तर्गत भजनीमा सञ्चालन गरिएका विभिन्न क्रियाकलापहरू र गतिविधिहरूको स्थानीय जनप्रतिनिधिको टोलीले अनुगमन गरेको हो ।

यस क्रममा बाढी तथा डुबान  प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत विपत जोखिम न्यूनीकरणमा स्थानीय समुदायको सहभागिता, विपत जोखिम न्यूनीकरणमा समुदायको प्रयास, भए गरेका अभ्यासहरू तथा योजनाको अवलोकन गर्नुका साथै छलफल समेत गरिएको छ । 

attariya hospital
navjiwan hospital

अनुगमन टोलीका प्रमुख एवं भजनी नगरपालिकाका मेयर केबल चौधरीले स्थानीय स्तरमा विपद जोखिम न्यूनीकरण र समुदायमा सचेतना अभिवृद्धि गर्ने काममा संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको  भन्दै धन्यवाद ज्ञापन गरे । उनले बाढी, डुबान लगायतका विपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट आफूहरू  संस्था संग समन्वय र सहकार्य गर्न तत्पर रहेको बताए । 

अनुगमनका क्रममा परियोजना संयोजक शिवराज पाठकले भजनी नगरपालिकामा सञ्चालन भएका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।

अनुगमन टोलीमा भजनी नगर प्रमुख कबेल चौधरी संगै उप प्रमुख राजु तिरुवा, वडा अध्यक्षहरू बिक्रम चौधरी, पंकज चौधरी, केशब बुढा, धर्मेन्द्र श्रेष्ठ, भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेब भट्ट, भजनी प्रहरी प्रमुख लोकराज जोशी लगायत, नेपाल रेडक्रस सोसाइटी भजनी सभापति राम नारायण चौधरी, पत्रकार, भल्मन्सा, विपद टास्क फोर्सका प्रतिनिधि, परियोजना संयोजक शिवराज पाठक, डिआरआर अफिसर राजेन्द्र रैका, सामाजिक परिचालक विष्णु जैसी, सर्मिला चौधरी लगायतको सहभागिता रहेको थियो ।