बैतडीमा बारुदको कच्चा पदार्थसहित महिला पक्राउ

बैतडी – बारुदको कच्चा पदार्थ सहित बैतडीमा एक महिला पक्राउ परेकी छन । जिल्लाको दशरथ चन्द नगरपालिका – २ देहिमाण्डौँ की ४२ वर्षिया पुष्पा बोहरालाई बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बोहरालाई भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट बिहीबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुराजस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको बताईएको छ ।

attariya hospital

विषेश सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा आलुको बोरामा हालेर ल्याउदै गरेको अवस्थामा दशरथचन्द नगरपालिका– ८ मौराभिरबाट उक्त कच्चा पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.