खाेज्नुहाेस

सेतीको नयाँ भवन २ महिना भित्र हस्तान्तरण गर्ने प्रतिबद्धता

Image
file photo

धनगढी – सेती प्रादेशिक अस्पतालको नयाँ निर्मित भवन २ महिना भित्र हस्तान्तरण गर्ने निर्माण ब्यबसायीले प्रतिबद्दता ब्यक्त गरेका छन्।

navjiwan hospital

बिहिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा र सामाजिक विकास मन्त्री झपट साउँदको टोलीले संयुक्तरुपमा प्रादेशीक अस्पतालको अनुगमन गरेको हो।

attariya hospital

अनुगमन पछि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री,भौतिक पुर्बाधार बिकास मन्त्री सामाजिक मन्त्री, भवन कार्यालयका प्रमुख रमेश थिक, प्रमुख सचिब मुख्य मन्त्री कार्यालय र निर्माण कम्पनिका प्रतिनिधि सहितको छलफलमा निर्माण कम्पनिका प्रतिनिधिले अबको दुई महिना भित्र अस्पतालको नयाँ भवन हस्तान्तरण गर्ने प्रतिबद्दता जनाएका हुन्।

निर्माण भएको लामो समयसम्म पनि भवन हस्तान्तरण नहुदा अस्पतालको सेवा प्रभावित भईरहेको छ । हाल भवन अभावमा पुरानो भवनको ग्यालरीमै वेड लगाएर उपचार भईरहेको छ ।
मुख्यमन्त्री नेतृत्वको टोलीले बिहीबार अस्पतालको अनुगमन पश्चात् तत्काल प्रादेशिक अस्पतालको व्यापक सुधार गर्ने बताएका छन्।