खाेज्नुहाेस

चट्याङ लागेर अछाममा दुई पशुचौपाया मरे

Image
navjiwan hospital

अछाम–  अछाममा चट्याङ परेर दुई पशुचौपाया मरेका छन्।​ मंगलबार जिल्लाको रामारोसन गाउँपालिका–२ मा चट्याङ परेर दुई पशुचौपाया मरेका हुन्। चट्याङ पर्दा गाठभित्र रहेका दुई पशुचौपाया मरेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको हो। चट्याङबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

attariya hospital