सेतीको मेसुमा नियुक्त कमरद्धारा पदभार ग्रहण

धनगढी – सेती प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शेरबहादुर कमरले पदभार ग्रहण गरेका छन् । मंगलबार डा. कमरले अस्पतालको मेसुको जिम्मेवारी लिदै पदभार सम्हालेका हुन् ।

maya metro hospital
raunak fals and silling

पदभार ग्रहण गर्दै कमरले आफ्नो कार्यकालमा आफूले अस्पतालको डेलिभरी सिस्टममा पर्याप्त सुधार गर्ने बताए । उनले अहिले पनि सेती अस्पतालमा थुप्रै राम्रा कामहरु सुरुवातको चरणमा रहेको र आफूले थप नयाँ योजनाहरु बनाएको बताए ।

joshi vada pasal 2

नवनियुक्त मेसु कमरलाई अस्पतालका चिकित्सकहरुले बधाई तथा शुभकामना दिएका छन् । अस्पतालका डा. खगेन्द्रराज भट्टले कमरको कार्यकालमा अस्पतालको समस्या र अवस्था सुध्रिने अपेक्षा रहेको बताए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.