सेती अस्पतालको प्रमुखमा डा. कमर नियुक्त

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रमुखमा डाक्टर शेरबहादुर कमर नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले सोमबार अस्पतालमै कार्यरत फिजिसियन डा. कमरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । यसअघि प्रमुख रहेका डा. हेमराज पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गरिएको छ ।

maya metro hospital
raunak fals and silling

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल हो । पछिल्लो समयमा अस्पतालको सेवा लगालिंग भएको चौतर्फी गुनासोकाबीच मन्त्रालयले डा. कमरलाई प्रमुखको जिम्मेवारी दिएको हो । डा. कमरले आफूले अस्पालतबाट प्रदान गरिने सेवा सुधारका लागि प्रयत्नशील रहने बताए ।

joshi vada pasal 2

‘प्रभावकारी समन्वय, अत्यावश्यक सेवामा अपुग चिकित्सक थप्ने, बिरामीले जानकारी नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न फोकल पर्सन तोक्नेलगायतका कामहरु जरुरी छन्,’ डा. कमरले भने, ‘अप्रेसन सेवालाई छरितो बनाउने, अल्ट्रासाउन्ड सेवा नपाइरहेको गुनासोलाई व्यवस्थापन गरे समस्या समाधान गर्न प्राथमिक कामहरु हुन् ।’

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.