धनगढीका होल्डिङ सेन्टरमा १०० शैय्याको अस्पताल चलाउन गृहकार्य

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो।

maya metro hospital

त्यसका लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ।

joshi vada pasal 2

कोरोना महामारीका बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर बनाइएको थियो। एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन रहेकाले उपमहानगरपालिकाले अस्पताल सञ्चालनको गृहकार्य थालेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए।

“स्त्री रोग र बाल रोगको स्वास्थ्य उपचार हुने गरी अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएका छौँ,” उनले भने “मन्त्रालयबाट जबाफ आइपुगेको छैन।” उपमहानगरपालिकाले रक्षा मन्त्रालयसँग १०० शय्या माग गरेको छ।

raunak fals and silling

उपमहानगरपालिकाले नै आवश्यक दक्ष जनशक्ति र व्यवस्थाकीयमा भ्याए अनुसार क्षमता (शय्या ) अस्पताल चलाउने तयारी भइरहेको छ। उनले भने “हामी छलफलकै क्रममा छौँ, कति शय्याको अस्पताल चलाउने भन्ने निश्चित भइसकेको छैन।’

भविष्यमा आइपर्ने महामारी तथा विपत्मा होल्डिङ सेन्टर पनि रहने गरी १०० शय्या मात्रै माग गरेको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। सो कार्यालयले अस्पताल चलाउने प्रक्रिया अगाडि बढाएपछि केही दिन अगाडि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासहितको टोलीले होल्डिङ सेन्टरको अनुगमनसमेत गरेको थियो।

होल्डिङ सेन्टरमा अस्पताल चलाउनका लागि छलफलको क्रममा रहेको जनाइएको छ। “अहिलेसम्म यो ड्राफ्ट हो, निश्चित भइसकेको छैन,” अवस्थीले भने २०७८ साल असार ३ गने निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले उक्त होल्डिङ सेन्टर बनाएको थियो।

बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्साकोठा रहेका छन्। भारतबाट फर्किने व्यक्ति र कोरोना सङ्व्रmमितलाई राख्नका लागि होल्डिङ सेन्टर बनाइएको थियो।

तर कोरोना महामारी नियन्त्रणमा आएपछि प्रयोगविहीन बनेको थियो। होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले गर्दै आएको छ। त्यसमा अस्पताल चलाउने उपमहानगरपालिकाको कदमको नगरवासीले प्रशंसा गरेका छन्।

गोरखापत्रबाट

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.