अत्तरिया – अनुमति नलिइ संचालन गरिएको पाइएपछि कैलालीको धनगढीमा संचालनमा रहेको २ अस्पताल बन्द गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार धनगढीमा संचालन भइरहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेष्लिटी हस्पिटल प्रालि र संजिवनी हस्पिटल प्रालिलाई बन्द गराएको हो ।

दुवै अस्पतालमा मंगलबार जिल्ला प्रशासन कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, स्वास्थ्य निर्देशनालय दिपायल (सम्पर्क कार्यालय धनगढी), बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, स्वास्थ्य कार्यालय कैलाली र धनगढी उप–महानगरपालिका कैलालीका कर्मचारी समिलीत टोलीले अनुगमन गर्दा अनुमति नलिएको पाइएको थियो ।

उक्त अस्पतालहरुले सञ्चालन अनुमती नलिए सम्म बन्द गराईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।