धनगढीका दुई अस्पताल बन्द गर्न प्रशासनको निर्देशन

धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका दुई अस्पताल बन्द गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार अनुगमन समितिले स्वस्तिक अस्पताल र संजिवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।

maya metro hospital

दुबै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएकाले मङ्गलबार अनुगमन समितिले तुरुन्त बन्द गर्न अस्पताल सञ्चालकहरूलाई निर्देश दिइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको अनुगमन समितिले मङ्गलबार धनगढीका तीन अस्पतालको अनुगम गरेको थियो । अनुगमनका क्रममा सौभाग्य अस्पताल दर्ता भएर सञ्चालनमा आएको भए पनि स्वस्तिक र संजिवनी अस्पताल कुनै पनि सरकारी निकायको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएकाले बन्द गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.