भाइरल ज्वरोका बिरामी बढे

अत्तरिया – कैलालीको गोदावरीमा ज्वरो आउने र रुघाखोकीका बिरामी बढेका छन् । यस्ता बिरामीको सङ्ख्या बढेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ । गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा हाल ज्वरो रुघाखोकीका बिरामी बढेको अस्पतालका एमडीजीपी डाक्टर अन्वेष कोईरालाले बताए । उनले पछिल्लो केही दिन यता बिरामीको संख्या दोब्बरले बढेको बताए । ‘अहिले भाइरलको सिजन भएकोले अस्पतालमा बिरामीको चाप बढेको छ’ उनले भने ‘ ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीका बिरामी बढेका छन ।’

Karma Consultancy

उनले यस्तो समस्या बच्चा देखि बुढा सम्म सबैमा देखिएको बताए । उनका अनुसार हाल अस्पतालमा दैनिक साढे ३ सयको संख्यामा बिरामी आउने गरेका छन । अस्पतालमा हाल डाक्टरले बिरामी चेकजाँच गर्दै आएका छन् ।

citizen security services
belauri nagarpalika

गोदावरी क्षेत्रका अन्य अस्पतालहरुमा पनि अहिले भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

attariya hospital

गोदावरीमा डेंगुका बिरामीको संख्या भने घट्दै गएको नगरपालकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले साउन तथा गोदावरीमा २४ जना डेंगुका संक्रमित फेला परेपछि हाल सो संख्या घट्दो क्रममा रहेको बताए ।

उनले भदौं महिनामा साउनको तुलनामा कम मात्रै डेंगु संक्रमित फेला परेको बताए । गोदावरीमा डेंगुकै कारण साउनयता कसैको पनि मृत्यु नभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.