उत्तर कोरियाली नेता किम जोङ उनले रुसको भ्लादिभोस्तोकमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन् । बुलेटप्रुफ रेलबाट यात्रा गरेर किम रुसी क्षेत्रमा पुगिसकेको बीबीसीले जनाएको छ ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
युक्रेनमा जारी युद्धका बेला रुसले उत्तर कोरियाबाट हतियार खोजिरहेको अमेरिकी आकलन छ । क्रेमलिनले दुई नेताबीच क्षेत्रीय र विश्वव्यापी मुद्दाका विषयमा भेटवार्ता हुने पुष्टि गरेको थियो ।
गएको जुलाईमा रुसी रक्षामन्त्री सर्गेई शोइगुले प्योङयाङको भ्रमण गरेपछि यो भेटवार्ता तय गरिएको अनुमान छ । सन् २०१९ मा पुटिनसँग भेटवार्ता गरेका किमको चार चार वर्षमा यो पहिलो विदेश यात्रा हो ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अन्तर्राष्ट्रिय रूपमा अलग्याइएको ‘उत्तर कोरियासँग सम्बन्ध राख्नु रणनीतिक असफलता’ भन्ने वासिङटनको चेतावनीको वास्ता नगर्ने बताएका छन् ।
![lotus add](https://attariyaonline.com/wp-content/uploads/2024/07/lotus-add.jpg)