ज्यानमारा बैतडीको भीटा भीरको बाटोमा रेलिङ लगाइँयो

बैतडी – बर्षेनी मानिसहरुको ज्यान लिदै आएको बैतडीको भीटा भीरको बाटोमा रेलिङ लगाइएको छ । दशरथचन्द नगरपालिका–४ जर्ग स्थीत भीटा भीरको बाटोमा नगरपालिकाले १० लाख खर्चेर रेलिङ (जाली) लगाइएको हो ।

maya metro hospital

३ गाउँका बासिन्दाले दैनिक नियमीत सदरमुकाम आवतजावत गर्ने उक्त बाटोमा लडेर केहि सयम अघि ३ जनाले ज्यान गुमाएका थिए । अहिले उक्त बाटो निर्माण भएपछि स्थानियबासीलाई सहज भएको छ ।

joshi vada pasal 2

जर्ग स्थीत भिटा भीरको बाटोबाट ६ महिना अघि मात्रै एक स्थानियबासीको लडेर ज्यान गएको थियो । यसैगरी ५ बर्ष अघि एक भरियाको ज्यान गएकोमा १५बर्ष अघि एक कर्मचारीको कार्यालय जादैँ गर्दा लडेर ज्यान गएको थियो ।

यसअघि समेत केहि स्थानियबासीले बाटोबाटै लडेर ज्यान गुमाएको बुढापाका बताउछन् ।

जिल्ला सदरमुकामकै वडामा यस्तो समस्या भएपछि दशरथचन्द नगरपालिका बाटो बनाउन अग्रसर भएको थियो । वडाअध्यक्ष भानदेव भट्टले चुनावका बखत समेत बाटो बनाउने प्रतिवद्धता गरेका थिए । नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले अहिले बाटो अधुरै रहेपनि आगामी बर्षमा पुर्णता दिइने बताए ।

३ सय ५० मिटर लम्बाई रहेको अप्ठ्यारो भीरको बाटोको अहिले करिव सवा २ सय मिटरमा रेलिङ लगाइएको छ ।

उक्त बाटोमा १सय बढी विद्यार्थीहरु दैनिक यात्रा गर्दछन् । जर्ग गाउँ तरकारी उत्पादनको प्रसिद्ध क्षेत्र भएकाले दैनिक तरकारी बोक्ने दर्जन बढी भरिया यात्रा गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.