खाेज्नुहाेस

अत्तरिया आयोजना हुने ‘पिएफए भेट्रान कप २०८०’ को तयारी पुरा

Image

अत्तरिया – प्ले फर अत्तरिया (पिएफए) स्पोर्ट क्लवको आयोजनामा सञ्चालन हुने ‘पीएफए भेट्रान कप २०८०’ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । सोमबार आयोजक पिएफए स्पोर्टस् क्लब अत्तरियाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

कैलालीको अत्तरियामा बैसाख १ गतेदेखि ९ गतेसम्म चौथो संस्करणको रुपमा सञ्चालन हुन गैरहेको प्रतियोगीताको विजयी टिमले नगद ५० हजार तथा द्धितिय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

त्यसका साथै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरलाई नगद ५/५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कैलाली कञ्चनपुरका ७ वटा टिमको सहभागीता रहेको छ । सहभागीता टिमहरुलाई दुई पोलमा विभाजित गरेर प्रतिष्पर्धा गराईने क्लबका संस्थापक अध्यक्ष भट्टले बताए । प्रतियोगीतामा ३२ वर्ष माथिका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने उनले बताए । पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी समेत सार्बजनिक गरिएको थियो ।

सम्मेलनका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डम्बर बहादुर पाल र क्लबका अध्यक्ष गणेश भण्डारीले संयुक्त रुपमा ट्रफि सार्वजनिक गरेका थिए । २०७२ सालदेखी सुरु भएको उक्त प्रतियोगीतामा नेपाली नागरिकता भएका जुनसुकै व्यक्तिले पनि खेलाडीका रुपमा सहभागीता जनाउन पाउने भट्टले बताए । प्रतियोगीतामा एउटा खेलाडी ईम्प्याक्ट प्लेयरका रुपमा समावेश गर्न सकिने समेत उनले बताए । प्रतियोगीतामा करिब १० लाख जति लगानी लाग्ने आयोजकले जनाएको छ ।