खाेज्नुहाेस

धनगढीमा एसईई दिइरहेका विद्यार्थीमाथि कुटपिट गर्ने १२ जना पक्राउ

Image

धनगढी – धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्किरहेका बेला चार जना विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय राजेश बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक समेतका १२ जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्ने अन्य नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।

attariya hospital

पक्राउ गरिएका उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार एउटा युवाहरुको समूहले परीक्षा दिएर घर फर्किरहेका बेला फूलबारीकै रमेश भण्डारी, जीवन भण्डारी, क्रीस मगर र सागर भण्डारीमाथि कुटपिट गरेको थियो ।