बाजुराका व्यवसायी आन्दोलित

बाजुरा – बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै व्यवसायीहरूले बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका छन । उद्योग वाणिज्य संघ बाजुराको नेतृत्वमा भएको प्रदर्शनमा ब्याजदर नघटाइए आन्दोलन चर्काउने चेतावनी दिइएको हो ।

Karma Consultancy

चर्को ब्याजदर घटाएर समस्या समाधान गर्न सरकार गम्भीर नभए व्यवसायीहरूले थप आन्दोलन चर्काउने चेतावनी सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

citizen security services

बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजदरका कारण व्यवसाय धराशायी हुँदा आन्दोलन गर्नुपरेको बाजुराका व्यवसायीहरूले बताएका छन् । आर्थिक मन्दी चलिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरूले चर्को व्याज असुली गरेको भन्दै व्यवसायी आन्दोलित हुनु परेको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए ।

attariya hospital

‘बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुल्न थालेपछि हामीहरू आन्दोलन गर्न बाध्य भएका हौँ,’ रोकायाले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.