धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका – ६ जालीमा रहेको दिदीबहिनी कृषि महिला सहकारी संस्थाको पहिलो वार्षिक साधारण सभासम्पन्न भएको छ । मंगलबार जिल्ला सहकारी संघका अध्यक्ष फणीराज सापकोटाको प्रमुख आतित्थ्यमा सहकारीको बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारीकी अध्यक्ष लक्ष्मी बमको सभापत्विमा भएको साधारण सभाको बिशिष्ठ अतिथीमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरी रहेका थिए ।


कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष सापकोटाले सहकारीले ग्रामीण क्षेत्रमा आर्थिक प्रवाहमा अहम भूमिका खेलेको बताएका छन् । सहकारीका माध्यमबाट नागरिकमा रकम प्रबाह गरी यसले आर्थिक चलायमान बनाउन महत्वपुर्ण योगदान पुगाएको बताउदै अध्यक्ष सापकोटाले संस्था खोल्नु भन्दा पनि दिगोरुपमा संचालन गर्न सक्नु पर्ने बताए ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तथा वडा अध्यक्ष चौधरीले सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहकारीले आर्थिक वर्ष २०७८–०७९ को आय ब्याय तथा वार्षिक प्रगति प्रतिवेदन समेत पारित गरेको छ । यस्तै उपाध्यक्ष रम्भादेबि थापा स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालक सत्यादेबि सिंहले गरेकी थिईन् । यस्तै सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सिर्जना श्रेष्ठले गरेकी थिईन् ।



















