खाेज्नुहाेस

चर्को बैंकिङ ब्याजदर विरुद्ध अत्तरियामा प्रदर्शन

Image

अत्तरिया – कैलालीको अत्तरियामा बैंकको चर्को ब्याजदर विरुद्ध विरोध -याली निकालिएको छ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा अत्तरिया चोकमा विरोध -याली निकालिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेशका सबै जिल्ला र नगर उद्योग वाणिज्य संघहरुलाई आन्दोलनका कार्यक्रम गर्न गरेको अनुरोध पछि अत्तरियामा पनि आज व्यवसायी आन्दोलित भएका थिए । व्यवसायीहरुले चर्को व्याजदर घटाउने पर्ने माग गर्दै अत्तरिया बजार परिक्रमा गरेका थिए ।

attariya hospital

navjiwan hospital

-याली पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बैंकको आतंक बढ्दै गएपछि आन्दोलनमा उत्रीनुपरेको बताए । ‘कोरोनामा सिथिल बनेको अर्थतन्त्र माथि उठ्निे प्रयास गरिरहेको समयमा बैंकहरुले चर्को ब्याज असुलेर व्यवसायीहरुको ढाड सेक्ने काम गरेका छन’ उनले भने ‘यसका विरुद्धमा हामी देशभरका उद्योग व्यवसायी एकजुट भएर आन्दोलित भएका छौ । यो आन्दोलनलाई निष्कर्षमा नपुगाउँदा सम्म हाम्रो आन्दोलन जारी रहने छ ।’

उनले अत्तरिया उद्योग बाणिज्य संघले एक्लै पहिले देखि आन्दोलन गर्न खोजेको भएपनि त्यो मात्रै प्रयाप्त नहुने भएकाले केन्द्रिबाटै आन्दोलनका कार्यक्रम तय गरेर अगाडी बढेको बताए ।

उनले आन्दोलनका कार्यक्रम अन्तरगत भोलि जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाइने बताए । ‘अहिलेको आन्दोलनलाई सामान्य रुपमा लिए । यो आन्दोलन भोलिका दिनमा झन सशक्त रुपमा अगाडी बढ्ने छौ’ उनले भने ‘बैंकले मचाएको आतकं र त्रासका विरुद्ध हामी लड्ने छौ ।’ उनले आन्दोलनका क्रममा सुनुवाई नभए सुदूरपश्चिमलाई ठप्प पार्ने सम्मका कार्यक्रम गरिने बताए ।

अत्तरिया उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले व्यवसायीका समस्या नदरअन्दाज गरिएमा आन्दोलनले उग्र रुप लिने बताए । उनले आजको आन्दोलन सांकेतिक मात्रै भएको बताए ।