खाेज्नुहाेस

महेन्द्रनगरमा फागनु १ गतेदेखि महोत्सव हुने, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

Image

महेन्द्रनगर – फागुन एक गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर स्थित खुुला मञ्चमा १४ औँ संस्करणको सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुन लागेको हो ।

navjiwan hospital

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले बताएका छन । ‘प्रधानमन्त्री ज्यूले यहाँका राष्ट्रिय गौरवका आयोजनाको अवलोकन गर्ने कार्यक्रम पनि छ’ उनले भने ‘हामीले सुख्खा बन्दरगाह निमार्ण, मझगाउँ विमानस्थल र दैजीछेला औद्योगिक क्षेत्रको छिटो सञ्चालनको माग राखेका छौ ।’

attariya hospital

मेलाले यस क्षेत्रको आर्थिक गतिबिधी बढाउनुका साथै स्थानीय उत्पादनको प्रवद्धनमा सहयोग पुग्ने उनले बताए ।