कुर्सी चाहिन्छ तर नफेर !

राष्ट्रपति भइ देश, प्रधामन्त्री भइ सरकार, मन्त्री भइ मन्त्रालय र विभागियप्रमुख भइ विभाग चलाउन कुर्सी चाहिन्छ ।
प्रमुख भइ शाखा, क्याम्पस, प्रधानाध्यापक भइ विद्यालय तथा संयोजक भइ कार्यक्रम र निर्देशक भइ निर्देशनालय चलाउन कुर्सी चाहिन्छ ।।

maya metro hospital

जनप्रतिनीधि, सार्वजनिक पद धारण गरेका कुनै पनिव्यक्ति, निजामती सेवा, शिक्षा सेवा र सुरक्षा सेवाका पदाधिकारीहरुलाई मात्रै होइन्,
राजनीतिकर्मी, कुटनीतिक नियोग, आयोग, संघसंगठन, आमा समूह, समिति र उपभोक्ताहरुलाई पनि सामान्यतया कुर्सी नै चाहिन्छ ।

joshi vada pasal 2

सभा, सम्मेलन, बैठक, भोजभतेर, विवाह समारोह र जन्मोत्सवमा मात्रै होइन् ।
थकाइलाग्दाको विश्राम, पट्टयाइलाग्दाको ताजगी र अतिथीको आगमनको स्वागतार्थ पनि कुर्सी नै चाहिन्छ ।

कुर्सी सादा, फोल्डीङ्ग, न्यूनगुणस्तरका र उच्च गुणस्तरको मात्रै होइन उपभोक्ताको क्षमता, आवश्यकता र रुची अनुसारको जस्तो पनि पाइन्छ ।
भ्यायसम्म स्वदेशीहोइन् त्यो त अझैं विदेशी र अत्याधुनिकखालको र झनैं आकर्षक र लोभ लाग्दो पो चाहिन्छ ।।

गठन, विगठन, माफी, सरापी भएर, तल झरेर वा माथी चढेर नै किननहोस्
मिलेर, उचालेर, धकेलेर होस् वा पछारेर यहाँ सबैलाई काँही न काँही केही न केहीतौर तरिकाले जत्रो र जस्तो भएपनि कुर्सी नै चाहिन्छ ।
आज र अहिले बसे भइ त हाल्यो निभन्ने खालको एकै छिन र पलको कुर्सीमात्रै भएर भएन,
फेरी फेरी सम्झी सम्झी बस्न आउन मन लाग्ने खालकोलोभ लाग्दो र निरन्तर नजरमा आइरहने कुर्सी पो चाहिन्छ ।

कुर्सी पटक पटक चाहिन्छ र पो हरेक घटना परिघटनाहरु पनि फेरी फेरीनजर अगाढी अनवरत रुपमा आइरहन्छ ।
सम्झना छ, आवधिक निर्वाचन, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु मात्रै होइनन् मुख्य सचिव, सचिव, सेना नायक र सुरक्षाका प्रमुखहरु पनि फेरी रहन्छन् ।

पद, पदिय हैसियत, मर्यादा र औकात अनुसारका सबै कार्यालय, अड्डा अदालत र निकाय अनि इकाईहरुमा जिम्मेवार काँधहरु फेरिरहन्छन् ।
यो संगै पटक पटक सम्बन्धित विभाग, क्षेत्र र शाखाहरुमा काँधहरु फेरिएसंगै तिनका उठ वस र कुर्सीहरु पनि फेरिरहन्छन् ।
यहाँ सबै फेरिन्छन्,राष्ट्र प्रमुख,सरकार प्रमुख,मन्त्री,विभागिए प्रमुख,सचिव,सेनानायक र न्यायालयकाप्रमुखहरु फेरिन्छन् ।
गुठ, उपगुठ, कार्यालय प्रमुख र कर्मचारी फेरिए संगै उनिहरुकाकुर्सीहरु पनि फेरिहन्छन् तर देश र जनताको अवस्थाप्रायःकहिल्यै फेरिदैन् ।

यहाँ सबै केही न केही रुप र स्वरुपमा आफूलाइृ फेरिरहन्छन् तर जन्मदिने आमा र जन्मभूमिको स्वरुपखासै फेरिएको देखिदैन्
त्यसैले त घरी घरी यथा स्थितीको यो दृश्य निकै भावुक र निन्दनिय लाग्छ सुन्छु भन्छन् सबैले मलाई जसरी निकुर्सी नै चाहिन्छ ।
फेर्र्छौ त एक पटक देशको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक स्वरुप फेरेर हेर, परम्परागत रुढगत मूल्यमान्यता, पुरातन शैली र व्यवहारहरु फेरेर हेर ।
यथास्थितीमा रहेको माटोको व्यथाबुझेर हेर, आमाको अनुहारमा चाउरी परेका तीगालाका रेखिहरुकामर्म बुझेर हेर अनि खुट्टामा धाजा फटाउदाको पिडा सहेर हेर ।

यथा स्थितीमा रहेको देश र जनताको प्रगती, उन्नतिर विकासलाई फेर्छौ भने एक पटकहिम्मत सम्म त गरेर हेर ।
देश र जनताको चाहना,युवाहरुको सपनाअनि साहारा विहिनहरुको आहारा मात्रै होइन अभावहरुको भाव फेर्छौं भने हिम्मत गरेर त हेर ।

त्यसैले सेवकहौं भन्छौ भने कुर्सी नफेर,एक बाँस बस्ने महलनफेर अझैं त्यो भन्दा पनि विचार र संगठन त फेर्दै पनि नफेर ।
फेर्छौ त अब फेर केवल, देशलाई सुन्दर संसार अनि समृद्धिमा र जनतालाई उन्नति, प्रगती एवम् आमूल परिवर्तनका लागि फेर अनि अरुसंगै आफूलाई तुलना गरी त हेर !

मिनबहादुर रोकाया
जोरायलगाउँपालिका–३,रावतकट्टे,जोरायल,डोटी

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.