लागू औषध चरेस सहित अछामबाट २ जना पक्राउ

अछाम – लागू औषध चरेस सहित अछामबाट २ जना पक्राउ परेका छन । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनिहरुलाइ पक्राउ गरेको हो ।

maya metro hospital
raunak fals and silling

लागू औषध ओसारपसार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायव निरीक्षक दिलिप सिंह बिसिको कमान्डमा खटिएको प्रहरीको टोलिले ६० वर्षिया लाक्पा थापा र थोक दोर्जेकी ३५ वर्षिया श्रीमती धम्ब चेतो लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश सिंह बिस्टले बताए ।

joshi vada pasal 2

बाजुराको बुढिनन्दा नगरपालिका स्थायी घर भइ हाल अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा भेडाबाख्रा व्यवशाय संचालन गरिरहेका उनिहरुलाई अछाम प्रहरीले पक्राउ गरेको बिस्टको भनाइ छ ।

निज लाक्पा थापाको साथबाट ८३८ ग्राम र धम्ब चेतोबाट १७८ ग्राम गरि १ किलो १६ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । चरेस सहित दुबै जनालाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिस्टले जानकारी दिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.