बूढीगंगा जलविद्युत् आयोजनामा ढिलाइ

अछाम – जिल्लाको बहुप्रतिक्षित र बहुचर्चित २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजनाको कामले गति लिन सकेको छैन । अछामको समृद्धिसँग जोडिएको अर्धजलाशययुक्त आयोजना काम कछुवाको गतिमा छ ।

maya metro hospital

दशकौंदेखि बूढीगंगा जलविद्युत् आयोजना निर्माण चुनावी मुद्दा बन्ने गरेको छ । यसको निर्माणबारे दलका घोषणा पत्रमा पर्छ तर कामको प्राथमिकतामा कहिल्यै परेको छैन । घरनजिक उत्पादन भएको बिजुली बाल्ने सपना देखेकास्थानीय कामको गति देख्दा निराश हुन थालेका छन् । ढिलासुस्तीमा उनीहरू नेतालाई दोष दिइरहेका छन् ।

joshi vada pasal 2
raunak fals and silling

स्थानीय उमेश कुँवर भन्छन्, ‘सबैभन्दा पहिला त यहाँका राजनीतिक दल, सांसदहरूलाई चासो हुनुप¥यो अनि मात्र सम्भव हुन्छ । नभए त यो भाषण गर्ने र राजनीति गर्ने माध्यम मात्र बनेको छ ।’

२०५२ सालमा आयोजनाको अध्ययन सुरु भएको थियो । २८ वर्षको अवधिसम्म पनि सोचेअनुरुप कामको प्रगति हुन सकेको छैन । अष्ट्रेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीसँग १८ महिनाभित्र डीपीआर तयार गरिसक्ने भनी १४ असार ०७३ मा सम्झौता भएको थियो ।

विभिन्न समस्या देखाउँदै चार वर्षपछि मात्र डीपीआर प्रतिवेदन पेस गरेका थिए । अध्ययन सुरु भएको २३ वर्षपछि डीपीआर बनेको छ । २०७७ सालभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.